
काठमाण्डौ । मौसम अनुकूल भएसँगै हिजो एकैदिन एक सय ३५ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको आरोहणमा एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो धेरै आरोहीले सगरमाथा चढेका हुन् ।
सगरमाथा आरोहणको शुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।
अहिलेसम्म दुई सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको र आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको उहाँले जानकारी दिए ।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुमा अहिलेसम्म ४७ आरोही समूहका ८६ महिला र तीन सय ८२ पुरुषसहित चार सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ जेष्ठ २०८२, सोमबार १०:५५
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
