काठमाडौं । लामो समयदेखि बेलायत (युके) मा बसेर र्याप संगीतमार्फत आफ्नो पहिचान बनाएका शेखर वाग्ले, जसलाई “सिड वाग्ले“ भनेर चिनिन्छ, अहिले नेपालमै सक्रिय हुँदै राजनीति, पत्रकारिता र व्यवसाय सँगै अघि बढिरहेका छन्।

वाग्लेले युकेमै रहँदा नेपाली र्याप संगीतको अभ्यास गरेका थिए। उनले आफ्ना गीतमार्फत सामाजिक मुद्दा, देशप्रेम र युवाको आवाज प्रस्तुत गर्दै जनताको ध्यान खिच्दै आएका छन्। हाल नेपाल फर्केर उनी नेकपा (एमाले) मा आबद्ध भई सक्रिय राजनीतिमा होमिएका छन्।
उनले हालै राष्ट्रिय युवा संघ नेपालका विभिन्न कार्यक्रमहरूमा प्रस्तुत गरेका र्यापहरू अत्यन्तै लोकप्रिय बनेका छन्। विशेष गरी ‘केपी ओली कप’का अवसरमा प्रस्तुत गरिएको र्यापले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको थियो। त्यसैगरी गणतन्त्र दिवस को अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलसँगै उपस्थित भई प्रस्तुत गरेको र्यापले पनि दर्शकहरूबाट निकै प्रशंसा पायो।

अहिले पोखरामा जारी राष्ट्रिय युवा संघको महाधिवेशनमा पनि उनले एक समूहसँग मिलेर तयार पारेको र्याप प्रस्तुत गरेका छन्, जुन अझै चर्चामा रहेको छ। वाग्लेले आफ्ना र्यापहरूमा राजनीति, जनचासो र सामाजिक यथार्थलाई जोड दिँदै आएका छन्।
सिड वाग्ले भन्छन्, “म भित्रको मनले सबैलाई सम्मान र माया गर्छ“, उनी र्यापमार्फत जनताको आवाज उठाउँदै देश र जनताको हितमा बोलिरहने प्रतिबद्धता व्यक्त गर्छन्।
र्याप, राजनीति, पत्रकारिता र व्यवसाय — यी सबै क्षेत्रमा उत्तिकै सक्रिय सिड वाग्लेलाई धेरैले बहुआयामिक व्यक्तित्वका रूपमा हेर्न थालेका छन्। उनले नेपाली युवाहरूलाई नयाँ ऊर्जा, सिर्जनशीलता र देशप्रतिको समर्पण सिकाइरहेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
