काठमाण्डौ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै काठमाण्डौमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्रोसेस पाण्डे लगायतको प्रस्तुतिले हायात होटलको मैदान रौनकमय बन्यो । नोराले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् । उनी यूएईबाट हिजो नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य अस्ति नै नेपाल आइसकेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
