
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राज्यको सम्पत्तिको दुरुपयोग गरी हानि÷नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले आज उनीहरूसँग जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले कांग्रेस नेता बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य तथा उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स (एसएएल अफसोर) र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिङ्क प्राइभेट लिमिटेड र कम्पनीका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
अख्तियारले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभइसकेको अवस्थामा तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपायोग गरी एकलौटी रूपमा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी संस्थालाई हानिरनोक्सानी पुर्याउने पृष्ठभूमि तयार गरेको, टेरामक्स खरिद कार्यमा पूर्वतयारी नगरेको, लागत अनुमान र खरिद गुरुयोजना तयार नगरेकोलयायत आरोप लगाएको छ ।
यस्तै यस प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्रीहरू गोकुल बाँस्कोटा र ज्ञानेन्द्र कार्की तथा पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई भने मुद्दा लगाउन नपर्ने अख्तियारको निष्कर्ष छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेत पदबाट निलम्बित भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
Sudina Shrestha
प्रकाशित: ३ जेष्ठ २०८२, शुक्रबार ०९:४१
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
