काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समितिको आयोजनामा तथा स्थानीय तह, जिल्ला समन्वय समिति र विभिन्न सरोकारवाला निकायहरूको समन्वयमा विपद् पूर्वतयारीसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम बबरमहलस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरू, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सम्भावित विपद्का जोखिमहरूलाई समयमै पहिचान गरी पूर्वतयारीमा जोड दिने, विभिन्न तहबीच समन्वयलाई सुदृढ बनाउने, तथा विपद् व्यवस्थापनमा साझा भूमिका र जिम्मेवारीबारे स्पष्ट धारणा बनाउने रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विगतका विपद् अनुभवहरूबाट सिक्नुपर्ने, स्थानीय तहहरूको तयारी र स्रोत(साधनको अवस्था, र समन्वयको प्रभावकारिता जस्ता विषयमा महत्वपूर्ण सुझाव तथा धारणा राखेका थिए।

कार्यक्रमको समापनमा जिल्ला समन्वय समितिका प्रतिनिधिले विपद् व्यवस्थापनमा सबै सरोकारवालाको सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता छलफलले नीति निर्माण र कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
तस्बिर : पद्मसागर कक्षपती
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-15
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
