काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा र स्नातक अध्ययनका लागि दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । मङ्गलवार जारी सूचनाअनुसार डी–२ र डी–४ भिसामा अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिन रोकिएको छ ।
मन्त्रालयले विद्यार्थीले अध्ययनभन्दा रोजगारीलाई प्राथमिकता दिएको, स्टडी आवर कम भएका र कालोसूचीमा परेका विश्वविद्यालयमा भर्ना भएको, कन्सल्टेन्सीको गलत आश्वासनले मानसिक तनाव भएको जस्ता कारण देखाएको छ । डी–२ र डी–४ भिसा नियमन गर्न गठित कार्यदलको प्रतिवेदनपछि थप निर्णय हुने मन्त्रालयले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-14
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
