एजेन्सी । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको हो ।
सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई देशबीच भएको इतिहासकै ठूलो रक्षा सम्झौता रहेको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सम्झौताअनुसार साउदी अरबले अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ । सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय रहेको छ ।
दुई देशबीच ऊर्जा, खनिज स्रोत, सङ्क्रामक रोगसम्बन्धी सहयोगलगायत विषयमा पनि सहमति भएको छ । साउदी अरबले अमेरिकामा लगानी गर्ने प्रतिबद्धतासमेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ ।
त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ । यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ । राष्ट्रपति ट्रम्प पश्चिम एशियाको चार दिने भ्रमणका क्रममा हिजो साउदी अरबको राजधानी रियाद पुगेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
