काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९० प्रतिशतले बढी हो । गत वर्ष यी कम्पनीहरूले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कम्पनीहरूले अभिकर्ताहरूलाई सक्रिय बनाउने, व्यवस्थापनमा सुधार गर्ने र प्रभावकारी रणनीति अपनाउँदा वित्तीय प्रगति हासिल भएको वित्तीय विवरणले देखाएको छ ।
नाफामा नेपाल लाइफ अग्रस्थानमा
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरी शीर्ष स्थानमा रहेको छ । जुन गत वर्षको तुलनामा ५.८६ प्रतिशतले बढी हो । दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स को नाफा ८.४९ प्रतिशतले वृद्धि भई ४३ करोड ५४ लाखबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले छोटो समयमा उल्लेखनीय प्रगति गर्दै ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
अन्य कम्पनीहरूको नाफा
नेशनल लाइफ : ४० करोड ८५ लाख रुपैयाँ
आइएमई लाइफ : ३६ करोड ६३ लाख रुपैयाँ
सिटिजन लाइफ : ३५ करोड ७६ लाख रुपैयाँ
मेट लाइफ : ३४ करोड ५१ लाख रुपैयाँ
सानिमा रिलायन्स : ३३ करोड ७६ लाख रुपैयाँ
एशियन लाइफ : ३३ करोड ४७ लाख रुपैयाँ
सन नेपाल लाइफ : ३२ करोड ८९ लाख रुपैयाँ
सूर्यज्योति लाइफ : २९ करोड ५७ लाख रुपैयाँ
प्रभु महालक्ष्मी लाइफ : २७ करोड ७ लाख रुपैयाँ
एलआइसी नेपाल : २३ करोड ६० लाख रुपैयाँ
राष्ट्रिय जीवन बीमा : १ करोड ५४ लाख रुपैयाँ
नाफा वृद्धिदरमा एशियन लाइफ शीर्ष स्थानमा
नाफा वृद्धिदरको आधारमा एशियन लाइफ इन्स्योरेन्स ५९.५१ प्रतिशत वृद्धिका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रिलायबल नेपाल लाइफ ३६ प्रतिशत वृद्धि र तेस्रो स्थानमा सूर्यज्योति लाइफ ३१ प्रतिशत वृद्धिका साथ रहेका छन् । जीवन बीमा कम्पनीहरूको यो प्रगतिले बजारमा प्रतिस्पर्धा र लगानीको अवसर बढाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
