
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९० प्रतिशतले बढी हो । गत वर्ष यी कम्पनीहरूले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कम्पनीहरूले अभिकर्ताहरूलाई सक्रिय बनाउने, व्यवस्थापनमा सुधार गर्ने र प्रभावकारी रणनीति अपनाउँदा वित्तीय प्रगति हासिल भएको वित्तीय विवरणले देखाएको छ ।
नाफामा नेपाल लाइफ अग्रस्थानमा
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरी शीर्ष स्थानमा रहेको छ । जुन गत वर्षको तुलनामा ५.८६ प्रतिशतले बढी हो । दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स को नाफा ८.४९ प्रतिशतले वृद्धि भई ४३ करोड ५४ लाखबाट ४७ करोड २४ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले छोटो समयमा उल्लेखनीय प्रगति गर्दै ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
अन्य कम्पनीहरूको नाफा
नेशनल लाइफ : ४० करोड ८५ लाख रुपैयाँ
आइएमई लाइफ : ३६ करोड ६३ लाख रुपैयाँ
सिटिजन लाइफ : ३५ करोड ७६ लाख रुपैयाँ
मेट लाइफ : ३४ करोड ५१ लाख रुपैयाँ
सानिमा रिलायन्स : ३३ करोड ७६ लाख रुपैयाँ
एशियन लाइफ : ३३ करोड ४७ लाख रुपैयाँ
सन नेपाल लाइफ : ३२ करोड ८९ लाख रुपैयाँ
सूर्यज्योति लाइफ : २९ करोड ५७ लाख रुपैयाँ
प्रभु महालक्ष्मी लाइफ : २७ करोड ७ लाख रुपैयाँ
एलआइसी नेपाल : २३ करोड ६० लाख रुपैयाँ
राष्ट्रिय जीवन बीमा : १ करोड ५४ लाख रुपैयाँ
नाफा वृद्धिदरमा एशियन लाइफ शीर्ष स्थानमा
नाफा वृद्धिदरको आधारमा एशियन लाइफ इन्स्योरेन्स ५९.५१ प्रतिशत वृद्धिका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रिलायबल नेपाल लाइफ ३६ प्रतिशत वृद्धि र तेस्रो स्थानमा सूर्यज्योति लाइफ ३१ प्रतिशत वृद्धिका साथ रहेका छन् । जीवन बीमा कम्पनीहरूको यो प्रगतिले बजारमा प्रतिस्पर्धा र लगानीको अवसर बढाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार १६:०२
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
