एजेन्सी । अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये १ सय १५ प्रतिशत घटाउने भएका छन् । अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १ सय ४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १ सय २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति गरेका अमेरिकाका वित्त सचिव स्कट बेसेन्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सम्झौता ९० दिनका लागि रहने छ । त्यसबीचमा थप वार्ता र सहमति गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताउनुभएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । सम्झौतापछि अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुशी व्यक्त गरेका छन् ।
वार्तामा चीनका उपप्रधानमन्त्री र दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी हुनुहुन्थ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेपछि बढेको अमेरिका–चीन व्यापार युद्ध समाधान हुँदै गएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
