
काठमाण्डौ । पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । नवलपरासीमा पुल भाँचिएर र काभ्रेमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।
नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिएपछि आवतजावतमा रोक लगाइएको छ । ठूलो ट्रक पार गर्ने क्रममा पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् ।
ठूला टेलरबाहेक अरु गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले अनुरोध गरेको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागेर तम्सरिया गाउँबाट खोला तरी रानीटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिन्छ । यस्तै पश्चिमबाट पूर्व जाने गाडी फुलबारीबाट दक्षिण लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कन सक्छन् ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार ०८:५०
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ