
काठमाण्डौ । गभर्नर सिफारिश समितिका सदस्य डा.विश्व पौडेलले राजीनामा दिएको छ । कांग्रेसले गभर्नरको रुपमा आफैँलाई प्रस्ताव गर्ने भएपछि उनले सिफारिश समितिको सदस्यबाट राजीनामा दिएको हो ।
अस्ति शनिवार कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा.गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिश गरेका थिए ।
यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको खबर सार्वजनिक भएको थियो ।
त्यसै अनुसार भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा।नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ बैशाख २०८२, सोमबार ०९:२९
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
