
काठमाडौं । ७२ औं मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान गतहप्ता भारततर्फ प्रस्थान गरेकी छन् । सन् २०२५ को७ देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वल्र्ड आयोजना हुँदैछ । त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् ।

फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई छ । सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।

जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिने ‘पञ्च प्रणाली’ परियोजनालाई मिस वल्र्डमा प्रस्तुत गर्नेछिन् ।
बलिउड अभिनेता सोनु सुदलाई जजको रुपमा चिनाइएको छ । यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । फिनाले ३१ मेमा आयोजना हुनेछ । फिनालेमा सहभागी हुन नेपालबाट हिडन ट्रेजरको टोली पनि हैदराबाद प्रस्थान गर्ने तयारी छ ।

जलवायु अभियन्ता समेत रहेकी २५ वर्षिय सृच्छा मिस वल्र्डको फिनालेलाई लिएर उत्साहित छिन् । मिस नेपालको ताज जितेको २ वर्षपछि अन्ततः उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताको मौका पाएकी छन् ।
मिस वल्र्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’मा उनले ‘पञ्च प्रणाली’को अवधारणा प्रस्तुत गर्दैछिन् ।
‘मलाई नेपालको न्यारेटिभ सिफ्ट गर्न मन छ । यसकारण यो अवधारणा अघि सार्दैछु’ भन्छिन्, ‘पञ्च प्रणाली’ भन्ने परियोजना होइन, यो ‘पहलकद्मी’ हो । यसको प्रभाव तत्काल देखिँदैन तर आगामी पुस्तामा देखिनेछ ।’

‘हामी भल्नरेबल देश मात्र होइनौं, सोलुसन प्रोभाइडर मुलुक पनि हौं । यो भाष्यलाई सिफ्ट गर्न सक्छु भनेर मैले यो यात्रा सुरुवात गरेकी हुँ । यसलाई विश्वभर फैलाउन चाहन्छु’ उनी भन्छिन् ।
२ वर्ष सृच्छा प्रधानको प्रतियोगिताको लागि तयारीमै बिते । मिस वल्र्ड हुने वा नहुने अन्योलताको बीचमा उनको समय गुज्रियो । यस बीचमा मैले “सबैभन्दा मीठो कुरा त नेपालमा बस्न पाएँ । नत्र पढाइको लागि विदेश गइन्थ्यो होला” भन्छिन्, ‘सुरुमा म क्लाइमेट एक्टिभिस्टि हुँ । पृथ्वीलाई बचाउने मात्र भन्दा पनि सबै जीव जनावरको भ्वाइस अघि राखौं भन्ने हो । म भावनात्मकरुपमा केही नर्भस छु । उत्साह पनि छ । यो दायित्व लिन म तयार पनि छु ।’

यसबीच मैले बोल्ने शैलीदेखि ब्यायाम, स्टाइलिङ र मेकअप सिकिन् । ‘यो प्रोसेसमा धेरै मेन्टर पाएको छु । मलाई पूर्वमिस नेपालहरुले पनि गाइड गर्नुभएको छ । शान्त कसरी हुने भन्ने कुरा पनि हुन्छ । मैले आध्यामिकरुपमा कसरी सशक्त हुने पनि सोचेकी छु’ उनले भनिन् । फाइनल समारोहमा सृच्छाले परम्परागत नेपाली बाजा सारङ्गीबाट सिर्जना गरिएको छोटो संगीत पनि पेश गर्नेछिन् ।

‘पेजेन्ट्री भनेको हेर्दाखेरी ग्ल्यामर र फेसनजस्तो देखिन्छ । तर, पेजेन्ट्री भनेको आफ्नो शान्ततालाई मनाउने काम हो । देखाउनलाई काम गर्ने होइन । आफ्नो शरिरलाई जोड्ने कुरा हो । सारंगी सिक्दा पनि मैले त्यो प्रोसेस महसुस गरेँ’ उनले भनिन् । आफूलाई चिन्नु सबैभन्दा महत्वपूर्ण कुरा रहेको उनको मत छ ।
विगतका वर्षहरुमा द हिडन ट्रेजरले गरिरहेको मिस नेपाल कार्यक्रममा ३ विधाको प्रतियोगिता मिस नेपाल वल्र्ड, मिस अर्थ, मिस इन्टरनेशनल भइरहेकोमा हाल एक विधा मिस कस्मो (Miss Cosmo) थपिएको छ ।

द हिडन ट्रेजरका पदाधिकारीहरुमा अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्ष सुवर्ण क्षेत्री र डाइरेक्टर रुपेश प्रधानका साथै सृच्छाका परिवारले प्रतियोगितामा सफलताको शुमकामना सहित बिदाई गरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ बैशाख २०८२, आईतवार ०८:३९
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
