काठमाण्डौ । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोलीको घोषणा गरेको हो ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् ।
विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् । छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ । त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।
नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० शृङ्खला असार २ देखि शुरु हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
