काठमाडौं, कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोर वेपत्ता भएका छन् । कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बेपत्ता हुनेमा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट रहेको छन् । यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन पनि कर्णाली नदीमा बेपक्ता भएका छन् ।
शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले जानकारी दिएका छन् । प्रहरीका अनुसार बेपत्ता भएका दुवै किशोर अझै भेटिएका छैनन् । उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
