
रामेछाप, केही वर्ष अघिसम्म घरमा नै बच्चा जन्माउँदै आएका गर्भवती महिलाहरु पछिल्लो समय स्वास्थ्यको ख्याल गर्दै अस्पतालमा आएर सुरक्षित तवरले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेका छन् । शल्यक्रिया गर्दा गर्भवती महिलाको स्वास्थ्यमा पनि समस्या नहुने र प्रसव पीडा पनि खप्न नपर्ने भएपछि शल्यक्रियातर्फ महिलाको आकर्षण बढ्दै गएको हो । सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालको रेकर्ड अनुसार आर्थिक वर्ष २०७८र८९ देखि चालु आर्थिक वर्षको हालसम्म ७ सय १७ जना महिलाहरुले सुरक्षीत तवरले अस्पतालमा आएर सुत्केरी गराएका छन् ।
जसमध्ये एक सय ३९ जना महिलाहरुले शल्यक्रिया गरेर बच्चा जन्माएका छन् । विगतमा केही महिलाहरुले मात्र शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको भएता पनि पछिल्ला केही वर्ष यता शल्यक्रिया मार्फत बच्चा जन्माउने महिलाको संख्यामा वृद्धि भएको मन्थली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। केशव धामीले जानकारी दिए ।
उनले भने, ‘शल्यक्रियामार्फत बच्चा जन्माउँदा गर्भवती महिलाहरुलाई हुने प्रसव पीडा कम हुने र रक्तश्राव पनि कम हुने साथै बच्चा पनि स्वस्थ हुने भएकाले महिलाहरु पछिल्लो समय शल्यक्रियातर्फ चासो देखाएका छन् । अस्पतालको रेकर्ड अनुसार आर्थिक वर्ष २०७९र८० मा २९ जना, आर्थिक वर्ष २०८०र८१ मा ६६ जना र चालु आर्थिक वर्ष २०८१र८२ को हालसम्म शल्यक्रियामार्फत ३८ जना महिलाहरुले शल्यक्रिया मार्फत बच्चा जन्माएको डा।धामीले बताए ।
यस चालु आर्थिक वर्षमा अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुको संख्या एक सय ४० जना रहेकोमा ३८ जना गर्भवती महिलाहरुले शल्यक्रियामार्फत बच्चा जन्माएको मन्थली अस्पतालले जनाएको छ । सुरक्षित तवरले सुत्केरी हुन अस्पताल भर्ना हुने गर्भवती महिलाहरुको अवस्था हेरी नर्मल डेलिभरी हुने महिलाहरुलाई सोही अनुरुप सुत्केरी गराइने र केही जटिल अवस्थाका महिलाहरुको शल्यक्रिया गरी सुत्केरी गराउने गरिएता पनि केही महिलाहरु भने नर्मल डेलिभरी हुने हुँदा पनि शल्यक्रिया नै रोज्ने गरेका छन् ।
अस्पतालमा आर्थिक वर्ष २०७८र७९ मा एक सय ५७ जना महिला सुत्केरी हुँदा ६ जनालाई शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९र८० मा दुई सय १५ जना सुत्केरीमध्ये २९ जनालाई शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो भने आर्थिक वर्ष २०८०र८१ मा दुई सय ३८ जना महिला सुत्केरी भएकोमा ६६ जनालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको मन्थली अस्पतालका डा।धामीले जानकारी दिए ।
मन्थली अस्पताल बाहेक रामेछाप अस्पतालमा पनि गर्भवती महिलाहरु स्वास्थ्य जाँच र सुरक्षित तवरले सुत्केरी हुुन आउने महिलाको संख्यामा पनि वृद्धि हुँदै आएको छ । रामेछाप अस्पतालमा पनि शल्यक्रियामार्फत सुत्केरी हुनेको संख्या बढ्दै गएको सो अस्पतालले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ बैशाख २०८२, शनिबार ११:१६
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
