
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल स्वीकृति प्रक्रियामा रहेका ८९ वटा पाइपलाइन आईपीओ (प्राथमिक सेयर निष्कासन) सम्बन्धी विस्तृत विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।
बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोड्दै केही निजी ऊर्जा उत्पादकहरूले आईपीओ स्वीकृतिको सन्दर्भमा कमिसन मागिएको आरोप लगाएपछि, त्यसबारे विवरण संकलन गर्न अख्तियारको टोली बुधबार बोर्ड कार्यालय पुगेको थियो । दिनभरको छलफलपछि बोर्डले ती ८९ कम्पनीको हालको अवस्था सम्बन्धी विवरण अख्तियार टोलीलाई हस्तान्तरण गरेको जनाइएको छ ।
तीमध्ये ७८ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ वा त्यसभन्दा कम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति मागेका छन्, भने बाँकी ११ कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने प्रस्ताव राखेका छन् । यसबाहेक, बोर्डले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइरहेका १७ कम्पनीको विवरण पनि अख्तियारलाई उपलब्ध गराएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार १८:२८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
