
काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन् ।
उनले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताए ।
आन्दोलन घोषणा कार्यक्रममा कमल थापा, राजेन्द्र लिङ्देनलगायतका नेताहरू एउटै मञ्चमा देखिएका थिए । अहिलेको व्यवस्थाले देशलाई निकास नदिने दाबीसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । संयोजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूको आन्दोलन नरोकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताए ।
Sudina Shrestha
प्रकाशित: २५ बैशाख २०८२, बिहीबार १८:१६
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ