काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलन’ को घोषणा गरेको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन् ।
उनले आफ्नो नेतृत्वमा हुने अनिश्चितकालीन ‘जनआन्दोलन’ मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेनालगायतको साथ रहेको बताए ।
आन्दोलन घोषणा कार्यक्रममा कमल थापा, राजेन्द्र लिङ्देनलगायतका नेताहरू एउटै मञ्चमा देखिएका थिए । अहिलेको व्यवस्थाले देशलाई निकास नदिने दाबीसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । संयोजक सुवेदीले राजसंस्था स्थापना नभएसम्म आफूहरूको आन्दोलन नरोकिने र आन्दोलन शान्तिपूर्ण हुने पनि बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
