धनकुटा, जिल्ला अस्पताल धनकुटामा हेमोडायलाइसिस सेवा सुरु भएको छ। कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले एक कार्यक्रमबिच हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन्।
हेमोडायलाइसिस सेवाको शुभारम्भ गर्दै मन्त्री राईले सबै पक्षबिच समन्वय गरेर सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। जिल्ला अस्पताल धनकुटालाई १०० शय्यामा विस्तारका लागि कोशी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री राईले बताए।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले धनकुटा अस्पतालमा सेवा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन्।
पछिल्लो समय धनकुटामा मिर्गौला रोगीहरूको संख्या बढ्दै गरिएकाले डायलाइसिस सेवाका लागि ठुला सहरहरूमा जानुपर्ने बाध्यता थियो। तर, धनकुटा अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएसँगै बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको जिल्ला अस्पताल धनकुटाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईले बताए।
डायलाइसिस सेवाको उपकरण धनकुटा अस्पतालमा ल्याएको दुई वर्ष भएको थियो। अब धनकुटा अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै छिमेकी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका बिरामीहरू लाभान्वित हुनेछन्।
हेमोेडायलाइसिस सेवाबाट हप्तामा १२ जना बिरामीलाई सेवा दिन सकिनेछ। दुई सिफ्टमा सेवा सञ्चालन गर्दा २४ जनासम्म बिरामीलाई सेवा प्रवाह गर्न सकिने जिल्ला अस्पताल धनकुटाले जनाएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले दक्ष जनशक्ति अभावमा अस्पतालले दिने सम्पूर्ण सेवाहरू चुस्तदुरुस्त दिन कठिन रहेको बताए। उनले जनशक्तिको व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्यमन्त्रीलाई आग्रहसमेत गरे।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै नगरवासीहरूले सहज ढंगले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए। स्वास्थ्य, शिक्षाजस्ता सेवा मानिसको अतिआवश्यक सेवाअन्तर्गत रहेकाले प्रदेश सरकारले यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रमुख तामाङले दिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
