काठमाडौं, नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आज नेप्से ६२.२५ अंकले बढेर दुई हजार ६७३.६९ को विन्दुमा कायम भएको हो । यो २.३८ प्रतिशतको वृद्धि हो। आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ। ३०८ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर ९९ हजार ३०५ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ बराबरको कारोबार भएको हो
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। बैंकिङ २.९७, विकास बैंक २.४०, होटेल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फन्ड ०.५७, निर्जीवन बिमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.५० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु. ५९ करोड २० लाख ९६ हजार ८२६ बराबरको सेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा सिँगटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार ३७९ कित्ता सेयर खरिद–बिक्री भएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
