
काठमाडौं , ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार भारततर्फ प्रस्थान गरेकी छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।
७ देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वर्ल्ड आयोजना हुँदैछ । त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् । फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई छ । सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।
जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिने ‘पञ्च प्रणाली’ परियोजनालाई मिस वर्ल्डमा प्रस्तुत गर्नेछिन् । मंगलबार बेलुका मिस वर्ल्डले तेलंगानामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ ।
बलिउड अभिनेता सोनु सुदलाई जजको रुपमा चिनाइएको छ । यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । फिनाले चाहिँ ३१ मेमा आयोजना हुनेछ । फिनालेमा सहभागी हुन नेपालबाट हिडन ट्रेजरको टोली पनि हैदराबाद प्रस्थान गर्ने तयारी छ ।
Sudina Shrestha
प्रकाशित: २४ बैशाख २०८२, बुधबार २१:१२
गायिका एलीना चौहानले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद

गम्भीर गर्मीको चपेटामा युरोप, स्पेनमा अहिलेसम्मकै उच्च तापक्रम

प्रहरी भन्दै बन्धक बनाई डकैती गर्ने दुई जना पक्राउ

महाधिवेशनको मिति तोकेर अघि बढौं- डा. डिला संग्रौला

कुलिङ पिरियडमा गरिएको झेल बारे छानिबन गर्नुपर्छ- सभापति खतिवडा

अमेरिका भ्रमणमा जादै नेतान्याहू
