काठमाण्डौ । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज वैशाख २४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमवार सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो । प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले बताएका छन् ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।
दिवसको अवसरमा काठमाण्डौमा र हेटौँडामा कार्यक्रम हुँदैछन् । भाषा दिवसको अवसरमा काठमाण्डौ र ललितपुर महानगरका केही निजीसहित सबै सामुदायिक विद्यालयले बिदा दिएका छन् । काठमाण्डौ उपत्यकाका केही पालिकाले पनि आज बिदा दिएको सूचना निकालेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
