
काठमाडौं । भारतले पाकिस्तानमा गएराति मिसाइल आक्रमण गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।
सो आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको भारतीय मिडियाले उल्ल्लेख गरेका छन् । पहलगाम आतंकवादी आक्रमण भएको १५ दिनपछि भारतले पाकिस्तानमाथि मिसाइल अहमला गरेको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको भारतीय अनलाइन पत्रिका ‘द भाष्कर’ले उल्लेख गरेको छ ।
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।
भारतले नौ स्थानमा आक्रमण गरेको भनिएपनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्समा लेखेका छन् । शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् । पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको उनले जनाएका छन् ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरेपनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् । भारतको आक्रमणबाट एक महिला र एक बच्चा समेत मारिएको उनले उल्लेख गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ बैशाख २०८२, बुधबार ०८:१२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
