
एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद्ले सर्वसम्मतिमा यो योजना पारित गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको योजनाले गाजाको केही भूभागलाई नियन्त्रणमा लिने र त्यहाँका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको अधिकारीहरुले बताएका छन् ।
यस योजनाको उद्देश्य गाजामा रहेको प्यालेस्टाीनी विद्रोही समूह हमासलाई परास्त गर्नु र बन्धकहरूलाई मुक्त गराउनु हो । तर कतिपयले यो कदमले बन्धकहरूको ज्यानलाई अझ जोखिममा पार्ने बताएका छन् ।
यसका लागि इजरायली सेनाले हजारौं सञ्चित सैनिकहरूलाई पुनः बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गाजामा दुई महिनादेखि जारी पूर्ण नाकाबन्दीका कारण पुनः भोकमरीको सम्भावना देखिएको छ ।
गएको मार्च ५ देखि इजरायली सेनाले गाजामा पुनः ठूलो कारबाही शुरू गरेको हो । त्यसयता इजरायली आक्रमणमा कम्तीमा दुई हजार चार सय ३६ जनाको ज्यान गएको गाजामा सञ्चालित स्वास्थ्य निकायले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार १०:५३
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ