काठमाण्डौ । एएफसी २३ वर्षमुनिको एशियन कप २०२६ छनोटमा नेपाल ‘पट’ ४ मा परेको छ । एशियन फुटबल महासङ्घ –एएफसी) ले हिजो सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो ।
‘पट’ ४ मा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, मङ्गोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् । एएफसीका अनुसार ‘ड्र’ यही ‘मे’ २९ मा मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा स्थानीय समयअनुसार दिउँसो २ बजे हुने छ ।
यस छनोट प्रतियोगितामा ४४ वटा २३ वर्षमुनिका राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ । छनोट खेलहरू सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी भने सीधै छनोट भइसकेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
