काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ –क्यान) ले आज विज्ञप्ति निकालेर आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न पाउने गरी प्रतिबन्ध फुकुवा भएको जानकारी गराएको हो ।
२०७९ सालको पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतिबन्ध लगाएको थियो ।
क्यानको इन्टिग्रिटी युनिटको प्रतिवेदनका आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै अब उनी राष्ट्रिय टोलीमा फर्किन बाटो खुलेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
