
काठमाण्डौ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गएराति बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका हुन् ।
घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार कारमा चालकसहित चार जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनले रक्सी खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ । प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले दुर्घटना भएको ठाउँमा गाडी आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २२ बैशाख २०८२, सोमबार १०:४९
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
