
काठमाण्डौ । भारतबाट नेपाल आउने बिजुलीको समय चार घण्टा थप भएको छ । भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आईएक्स) मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको बिजुलीको समय चार घण्टा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।
समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । प्राधिकरणकाअनुसार भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि बढाइएको हो । अब औद्योगिक क्षेत्रहरूमा बेलुकी ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ ।
नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य बढेको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।
Sudina Shrestha
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार ०७:४९
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ