काठमाण्डौ । भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी पनि मृत फेला परेकी छिन् ।
विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।
भारतको सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।
एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । यसअघि गएको फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
