
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।
निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो । त्यस्तै एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२, दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
Sudina Shrestha
प्रकाशित: १८ बैशाख २०८२, बिहीबार ०८:५४
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ