- फोटो: रामकृष्ण गड्तौला
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)ले २०८२ सालको वार्षिक क्यालेण्डर प्रकाशन गरेको छ । उक्त क्यालेण्डरको काठमाडौंमा एक समारोहबीच प्रतिनिधिसभाकि उपसभामुख इन्दिरा रानामगरले सार्वजनिक गरेकी छन् ।

गत हप्तामहाराजगञ्जस्थित मण्डला नर्लिङ लर्ड होटल, काठमाडौंमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गर्दै उपसभामुख रानाले नेपाल क्यान्सर निवारण प्रतिष्ठानको कामकारबाहीप्रति प्रशंसा गरिन् ।

कार्यक्रममा प्रतिष्ठानकासद्भावना दूतहरु अन्जना पुन –मिस हङकङ २०२४, एन्जेल राई –मिस मंगोल २०२४, प्रतिष्ठानका सल्लाहकारहरु डा. मनोहर लाल श्रेष्ठ, डा. प्रकाश राज न्यौपाने, डा. सुदिप श्रेष्ठ, रितुजा जोशी झा, डा. सिमिट सापकोटा, डा. सुवास घिमिरेर आजीवन सदस्यहरु प्रकाश काजी शाक्य, सुदिना श्रेष्ठ, रेजिना तुलाधर, छोरी मैयाँ श्रेष्ठ, शर्मिला मानन्धर, तिमिला देवी महर्जन, प्रेम माया साही, मनिष सुवाल र अन्जना देवी बज्राचार्य सदस्यहरुलाई प्रमाण पत्रसहित लगायत विज्ञापनदाताहरुलाई मायाको चिनो प्रदान गरिएका थियो ।

प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा आयोजित कार्यक्रमगरिएको थियो । कार्यक्रममा समाजसेवी सुर बहादुर श्रेष्ठले उपसभामुख इन्दिरा रानामगर, प्रतिष्ठानकी चिफ प्रोग्राम अफिसरसुदिना श्रेष्ठ र नेपाल क्यान्सर निवारण प्रतिष्ठान परिवारलाई आकर्षक थान्का चित्र उपहार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष निर्णय श्रष्ठ (एनएसके), उपाध्यक्ष सागर कट्वाल, कोषाध्यक्ष फूपु तेन्जिङ शेर्पार पत्रकार तथाकलाकारहरुको पनि सहभागिता रहेको थियो ।












































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
