काठमाण्डौ । प्रतिनिधिसभा मंगलबारको बैठकले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित गरेको छ ।
भन्सारसम्बन्धी विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पारित गरियोस् भनी प्रस्ताव पेश गरेको थियो ।
अब यी विधेयक राष्ट्रियसभामा जानेछन् । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउनेछन् र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् । प्रतिनिधिसभाको बैठक आउँदो शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
