काठमाण्डौ । नारायणगढ–बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ ।
यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम हुँदै आएको थियो । आजदेखि यसलाई थप गरेर अबका १६ दिन अर्थात् आउँदो वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।
नवलरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने र रातमा ६ घण्टा आवागमन बन्द हुनेछ ।
दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ । यो कामलाई वर्षाअगावै सम्पन्न गर्नका लागि थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
