
काठमाडौं । लिभरपुलले चार खेल अगावै इंग्लिस प्रिमियर लिग २०२४–२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।
योसँगै लिभरपुलको २०औँ पटकको उपाधि छ । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।
दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो । ३४ खेलमा ८२ अङ्कसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अङ्क बनाएको आर्सनललाई १५ अङ्कले पछि पार्यो । टोटेनहम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ ।
गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अङ्कसहित तालिकाको १४औं स्थानमा रह्यो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ बैशाख २०८२, सोमबार ०८:४४
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
