काठमाडौं । लिभरपुलले चार खेल अगावै इंग्लिस प्रिमियर लिग २०२४–२५ को उपाधि जितेको छ । लिगमा आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुल लिग च्याम्पियनको ट्रफी निश्चित गरेको हो ।
योसँगै लिभरपुलको २०औँ पटकको उपाधि छ । लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको छ ।
दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम पाँच खेलबाट एक अङ्क मात्र आवश्यक थियो । ३४ खेलमा ८२ अङ्कसहित शीर्ष स्थानको लिभरपुलले समान खेलमा ६७ अङ्क बनाएको आर्सनललाई १५ अङ्कले पछि पार्यो । टोटेनहम लगातार हारसँगै ३७ अङ्कसहित १६औँ स्थानमा यथावत् छ ।
गएराति भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् । बोर्नमाउथ ३४ खेलमा ५० अङ्कसहित दशौँ स्थानमा र समान खेलमा युनाइटेड ३९ अङ्कसहित तालिकाको १४औं स्थानमा रह्यो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-28
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
