काठमाडौं । जुल्स कुन्डेले गरेको उत्कृष्ट गोलमा रियल मड्रिडलाई अतिरिक्त समयमा ३(२ ले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपाल डेल रे को उपाधि जितेको छ ।
सेभियास्थि ओलम्पिक स्टेडियममा भएको फाइनलमा बार्सिलोनाका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे ।
निर्धारित ९० मिनेटको खेल २(२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।
खेलको अन्तिम समयमा रियलका कप्तान लुकास भजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड सामना गरेका थिए । बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
