
काठमाण्डौ । आज दिउँसोपछि प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको मौसमविद्ले बताएका छन् ।
यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विनु महर्जनले जानकारी दिएका छन् ।
कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ । पानी पर्यो भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ । घरबाट निस्कँदा छाता या ओत बोक्न, चर्को घाम लागेका बेला घरबाहिर ननिस्किन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञको सल्लाह रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १४ बैशाख २०८२, आईतवार ०९:०१
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ