काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच झन्डै दुई घन्टा छलफल भएको हो ।
छलफल विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र त्यसबारेका भ्रम चिर्नेगरी केन्द्रित रहेको थियो । यस्तै, आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढल्ने दाबी गरेका थिए ।
त्यसपछि देउवाले अस्ति विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो । लगत्तै हिजो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
