
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच झन्डै दुई घन्टा छलफल भएको हो ।
छलफल विशेषगरी पछिल्लो पटक सरकार ढल्ने भन्दै भएका प्रचार र त्यसबारेका भ्रम चिर्नेगरी केन्द्रित रहेको थियो । यस्तै, आन्दोलनरत शिक्षकका माग सम्बोधन, कक्षा १२ को परीक्षा, बजेट निर्माण, गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
देउवा थाइल्यान्ड भ्रमणमा हुँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढल्ने दाबी गरेका थिए ।
त्यसपछि देउवाले अस्ति विमानस्थलबाटै सरकारबारे स्पष्टीकरण दिनुपरेको थियो । लगत्तै हिजो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो ।
Sudina Shrestha
प्रकाशित: १४ बैशाख २०८२, आईतवार ०८:४५
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
