काठमाण्डौ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
एनएसएलको सर्वोत्कृष्ट खेलाडी पोखरा थन्डर्सका आयुष घलान घोषित भएका छन् । उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन् । ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
पोखराका गिलामो प्रिसो एनएसएलको उत्कृष्ट गोल किपर बने । उनले ५ खेलमा क्लि सिट राखेका थिए । उनले पनि १ लाख रुपैयाँ प्राप्त गरे। धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता रहे । उनले यो सिजन कुल ५ गोल गरेका थिए । झापा एफसी फेयर प्ले टिम बनेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
