
काठमाण्डौ । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो । ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
एनएसएलको सर्वोत्कृष्ट खेलाडी पोखरा थन्डर्सका आयुष घलान घोषित भएका छन् । उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन् । ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
पोखराका गिलामो प्रिसो एनएसएलको उत्कृष्ट गोल किपर बने । उनले ५ खेलमा क्लि सिट राखेका थिए । उनले पनि १ लाख रुपैयाँ प्राप्त गरे। धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता रहे । उनले यो सिजन कुल ५ गोल गरेका थिए । झापा एफसी फेयर प्ले टिम बनेको छ ।
Sudina Shrestha
प्रकाशित: १४ बैशाख २०८२, आईतवार ०८:४१
काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सर्यो

बजेट पास गर्न एमालेको ह्वीप

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ- मन्त्री डा. राणा

इजरायल र इरानमा रहेका ८८५ जनाले विवरण भरे, इरानबाट ११ जना भोली दिल्ली आउदैछन्- परराष्ट्रमन्त्री राणा

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ