
काठमाण्डौ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । उनलाई गएराति काठमाण्डौ कपनमा रहेको निवासबाटै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई घरबाटै पक्राउ गरेको बताए । उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुनेछ । राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले एक अर्ब १९ करोड रुपैयाँ भन्दा धेरै ठगी भएको भन्दै जाहेरी दिएका थिए ।
Sudina Shrestha
प्रकाशित: १४ बैशाख २०८२, आईतवार ०८:३३
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
