
काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।
आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ । निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।
Sudina Shrestha
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार ०८:५२
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
