काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।
आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ । निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
