एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको हो ।
भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू हुने गरी भिसामा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने जनाएको छ ।
त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ । बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ ।
भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर–ए(तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो निर्णय गरेको हो। पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
