काठमाडौं । नवनियिुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।
राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार मन्त्री पन्तको शपथका लागि अपराह्न ४ बजेको समय तय भएको छ । विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
