
काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ । १० बैशाखमा पार्टी स्थापना दिवस मनाउँदै आएको एमालेले यसपटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
सेलिब्रेसनमा ५० हजार बढी सहभागी गराउने तयारी भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवाहरू राजधानी उतार्ने योजनाअन्तर्गत एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । प्रदर्शनको तयारीका महासचिव शंकर पोखरेल संयोजक रहेका छन् ।
सोमबार पनि पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरूका साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सामेल भर्चुअल बैठक बसेको थियो । भर्चुअल बैठकमा सहभागी नेताहरूलाई महासचिव पोखरेलले देशभरका युवा काठमाडौं ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
एमालेले हरेक वडाबाट कम्तिमा एकजना महिलासहित दुई युवा काठमाडौं पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । युवाहरू काठमाडौं ल्याउने कामको अगुवाई भने एमालेबाट निर्वाचित प्रतिनिधिहरूलाई दिइएको छ ।
Sudina Shrestha
प्रकाशित: ९ बैशाख २०८२, मंगलवार ०८:५८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
