काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेको छ । १० बैशाखमा पार्टी स्थापना दिवस मनाउँदै आएको एमालेले यसपटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
सेलिब्रेसनमा ५० हजार बढी सहभागी गराउने तयारी भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवाहरू राजधानी उतार्ने योजनाअन्तर्गत एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । प्रदर्शनको तयारीका महासचिव शंकर पोखरेल संयोजक रहेका छन् ।
सोमबार पनि पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरूका साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सामेल भर्चुअल बैठक बसेको थियो । भर्चुअल बैठकमा सहभागी नेताहरूलाई महासचिव पोखरेलले देशभरका युवा काठमाडौं ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
एमालेले हरेक वडाबाट कम्तिमा एकजना महिलासहित दुई युवा काठमाडौं पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । युवाहरू काठमाडौं ल्याउने कामको अगुवाई भने एमालेबाट निर्वाचित प्रतिनिधिहरूलाई दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
