एजेन्सी । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले आफूहरूलाई हानि पुग्ने गरी अमेरिकासँग व्यापारिक सम्झौता गरेमा ती देशहरूविरुद्ध कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको हो ।
यस्तै वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न चीन अरू देशसँग सामेल हुन तयार रहेको पनि बताएको छ । अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाव दिन सक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि बेइजिङको यो बयान आएको हो ।
अहिले अमेरिका र चीनबीचको व्यापार युद्ध चुलिएको छ । ट्रम्प दोस्रो पटक सत्तामा फर्किएपछि अमेरिका र चीनबीच करसम्बन्धी घोषणाहरूको लहर चलिरहेको छ । ट्रम्पले चीनबाट हुने आयातमा १४५ प्रतिशतसम्मको कर लगाउनुभएको छ । यस्तै अन्य देशहरूले पनि जुलाईसम्म १० प्रतिशत कर सामना गरिरहेका छन् ।
ट्रम्प प्रशासनले गएको हप्ता केही चिनियाँ सामानहरूमा कर २४५ प्रतिशतसम्म पुग्नसक्ने बताएको थियो । चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाउँदै अन्तिमसम्म लड्ने वाचा गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धले यस महिनाको शुरूमा विश्वव्यापी वित्तीय बजारमा धक्का लागेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
