
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर झन्डै दुई खर्ब नजिक पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको हो ।
गत वर्ष सो अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको रहेको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपियाँ बराबरको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ ।
त्यस्तै १७ अर्ब ४६ करोड रुपियाँको धागो, ११ अर्ब ९५ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपियाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै नौ अर्ब ३० करोड रुपियाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँको अलैँची निर्यात भएको छ ।
तेह्र खर्बको आयात
यस्तै नौ महिनाको अवधिमा आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपियाँ रहेको थियो । आयातको अनुपातमा निर्यात न्यून हुँदा व्यापारघाटा ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रहेको थियो । कुल वैदेशिक व्यापार १६.८९ प्रतिशितले बढेर १४ खर्ब ९७ अर्ब ७७ करोड २७ लाख रुपियाँ पुगेको छ ।
नौ महिनामा मुलुकमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । जस अनुसार ९१ अर्ब २६ करोड रुपियाँ १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल, ४७ अर्ब ७७ करोड रुपियाँको पाँच लाख ४७ हजार ५७४ किलोलिटर पेट्रोल, खाना पकाउने एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपियाँको चार लाख १० हजार ५९३ मेट्रिक टन आयात भएको छ ।
यस्तै १४ अर्ब ६४ करोड १४ लाख रुपियाँ बराबरको एक लाख ६० हजार २१३ किलोलिटर हवाई इन्धन आयात भएको छ । २५ अर्ब रुपियाँको स्मार्ट फोन आयात भएको छ । २२ अर्ब ६४ करोड ६१ लाख रुपियाँको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ ।
यस्तै ६६ अर्ब ५६ करोड ५५ लाख रुपियाँको भटभासको कच्चा पदार्थ आयात भएको छ । १६ अर्ब तीन करोड रुपियाँको सुन आयात भएको पनि तथ्याङ्कले देखाएको छ ।
नौ महिनामा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख रुपियाँको आयात हुँदा नेपालबाट एक खर्ब ४९ अर्ब ९८ करोड १२ लाख रुपियाँको निर्यात भएको छ । आयात ठुलो परिमाणमा भए पनि निर्यात न्यून हुँदा भारतसँग व्यापारघाटा छ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपियाँ रहेको छ ।
चीनबाट दुई खर्ब ४७ अर्ब ९० करोड ८० लाख रुपियाँको आयात हुँदा दुई अर्ब २५ करोड ५६ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग दुई खर्ब ४५ अर्ब ६५ करोड २३ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ बैशाख २०८२, सोमबार ०९:१२
निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे

यातायात व्यवसायीको आन्दोलन स्थगित

आरसीबीलाई पहिलो पटक आईपीएल क्रिकेटको उपाधि

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच ऊर्जा सहकार्यबारे छलफल

Amendment of constitution should begin immediately: General Secretary Thapa

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
