काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिकाको थिर्पुबाट छ्लाहा जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका–२ राडुनेटा नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा पलाँता गाउँपालिका–५का अम्मा शाही, पलाँता गाउँपालिका–४ ३२ वर्षीय शदु बुढा, पलाँता गाउँपाालिका–४ का अन्दाजी २१ रविन्द्र वि।क र ट्याक्टर चालक मुगुको खत्याड गाउँपालिका–५ का २० वर्षीय चन्द्रप्रकाश रोकाया रहेका छन् ।
ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर लत भीरमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
