
एजेन्सी । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाको मृत्यु भएको छ । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ ।
डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ बैशाख २०८२, आईतवार ०९:४८
Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)
