
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति निकालेर निषेधित क्षेत्रमा संविधान र कानून उल्लङ्घन गर्ने गरी हुने कुनै पनि गतिविधि सैहृय नहुने बताएको हो ।
राप्रपाले आजदेखि राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानूनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनि राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि बल्खुमा चैत २६ मा राप्रपाले र त्यसअघि चैत १५ मा तिनकुनेमा राजवादीहरुले प्रदर्शन गरेका थिए । तिनकुनेमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रूप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो ।
Sudina Shrestha
प्रकाशित: ७ बैशाख २०८२, आईतवार ०९:०७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
