
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज थाइल्यान्ड जाने भएकी छन् । उनी २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१औं सत्रमा सहभागी हुन आज बैंकक जान लागेकी हुन् ।
‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ बैशाख २०८२, आईतवार ०९:००
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो
