
काठमाडौं । आफ्नो स्थापनाको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत “Step Towards Education” अभियानमार्फत समुदायप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । यसै क्रममा एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक सत्रका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्री प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ ।
एअरलाइन्सले आज एक विशेष कार्यक्रममा विभिन्न कक्षाका पाठ्यपुस्तक, नोटबुक, रजिस्टर, जुत्ता लगायतका शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । साथै, बालबालिकाहरूको समग्र स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै तन्ना र तौलियाहरू समेत वितरण गरिएको छ ।
कार्यक्रममा हिमालय एअरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘विगत आठ वर्षदेखि प्रयास नेपालसँग सहकार्य गर्दै आएको अनुभव अति नै प्रेरणादायक रहँदै आएको छ। बालबालिकाहरूको आत्मविश्वास र व्यक्तित्वमा आएको सकारात्मक परिवर्तन देख्दा हामी अत्यन्तै गर्व महसुस गर्छौँ। यस्तो परिवर्तनको साक्षी हुनु हाम्रो अभियानको सार्थकताको पुष्टि हो।’
प्रयास नेपालकी अध्यक्ष मणि जोशीले हिमालय एअरलाइन्सप्रति धन्यवाद ज्ञापन गर्दै भनिन्, ‘एअरलाइन्सको निरन्तर सहयोगले बालबालिकाहरूको जीवनमा आशा र प्रेरणा भरिदिएको छ। यो सहयोग केवल भौतिक होइन, भावनात्मक रूपले पनि मूल्यवान् छ । हामी एअरलाइन्सलाई १० वर्षे सफल यात्राको बधाई दिन्छौँ र आगामी दिनमा अझ प्रगति होस् भन्ने शुभकामना व्यक्त गर्छौँ।’
२२ वर्षदेखि सञ्चालनमा रहेको प्रयास नेपाल हाल १८ जना बालबालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा संलग्न छ । संस्थाले यी बालबालिकालाई आत्मनिर्भर, जिम्मेवार र समाजप्रति योगदान दिन सक्ने नागरिक बनाउने लक्ष्य लिएको छ ।
एक दशकको यात्रामा सामुदायिक सहयोग र समावेशी मूल्यलाई आत्मसात गर्दै आएको हिमालय एअरलाइन्सको यो पहल संस्थाको सामाजिक उत्तरदायित्व र दीर्घकालीन दृष्टिको प्रमाण हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार १०:४१
Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)
