
काठमाडौं । मिस नेपालका आयोजक संस्था द हिडन ट्रेजरले शनिबार आयोजना गरेको ‘डिजाइनर अफ द इयर’को पहिलो संस्करणको उपाधि ‘एस एण्ड एस क्रिएसन’ले जितेको छ । सविना राना मगर र शिरिषा २०८१ सालका ‘सर्वोत्कृष्ट फेसन डिजाइनर’ घोषित भएका हन् ।

सविना र शिरिषाले ९ जना प्रतिस्पर्धीलाई उछिने । ९ जना विद्यार्थीहरु मध्ये ४ जना डिजाइनहरु IIFt का विद्यार्थीहरु सहभागी रहेको थियो । भक्तपुरको सूर्यविनायकस्थित ‘फिड फेसन’ कलेजका यीदुई विद्यार्थीले जितसँगै २०२५ को मिस वल्र्ड, मिस इन्टरनेसनल र मिस अर्थजस्ता प्रतिष्ठित प्रतियोगितामा सहभागि हुने नेपाली सुन्दरीको पहिरन डिजाइनको मौका समेत पाएका छन् ।

उनीहरूले डेढलाख नगदसहित ज्याक सिउने मेसिन पनि प्राप्त गरे । प्रतिस्पर्धात्मक फिनालेमा सविना र शिरिषाले क्याप्सुल राउण्डअन्तर्गत ब्रम्हाण्ड प्रेरित पहिरन, गहना र परिधान प्रस्तुत गरेका थिए । पृथ्वीभन्दा परको संसारबाट प्रभावित रहेर ब्रम्हाण्ड सौन्दर्यको आकर्षक डिजाइन र्याम्पमा उत्रेका थिए ।

इभिनिङ गाउन’ राउण्डमा समुन्द्री सतहको आकर्षक दृश्य, रङ र प्रकृतिलाई पहिरनमा उतारेका थिए । नेसनल कस्ट्युममा विभिन्न सांस्कृतिक तत्वलाई समेटेर ‘रानी’ थिममा पोशाक प्रस्तुत गरे ।

उपाधि जितेका सविनाले एकदमै खुसी रहेको बताउँदै रातदिनको मिहेनत रहेको बताए । सविनाले थपिन्, ‘सानैदेखिको मेरो सपना आफै लुगा सिलाएर आफै लगाएर हिँड्ने थियो । १५ वर्ष देखि टेलर सुरु गरेकी हुँ । अहिले सबैका राम्रो लुगा देखेर सिलाउन मन लागेर फिड फेसनमा ज्वाइन गरेकी हुँ । पहिलो नै हुन्छौं भनेर त सोचेका थिएनौं ।’

यस्तै, शिरिषाले आफूलाई पनि सानैदेखि फेसन डिजाइनिङमा रुचि रहेको बताइन् । ब्याचलर सकिएपछि फेसन डिजाइनिङ ज्वाइन गर्या हो । त्यहीँ साथीसँग भेट भयो’ उनले भनिन् ।

२ महिनाअघि मात्र भेटेका यी दुईले ‘एस एण्ड एस क्रिएसन्स’ जन्माए । त्यहीँबाट उनीहरूको फेसन डिजाइनिङको करिअर सुरु भयो । सबिनाले अब अन्तर्राष्ट्रिय मञ्चमा यो भन्दा भिन्न तरिकाले गर्छौं कि भन्ने सोच रहेका बताए । ‘अहिलेसम्म चरा र फूलबाट मात्र प्रभावित भएर नेसनल कस्ट्युम प्रयोग हुँदै आएको छ । अब भिन्ने दिने सोच्दैछौं’ सविनाले भनिन् ।

उनले नेपालमा फेसनको भविष्य उज्वल रहेको बताइन् । ‘पहिले र अहिलेकोमा भिन्नछ । फेसन लुगा मात्र लगाएर हिँड्ने सोचेका थियौं । फेसन भनेको आफूमा भएको कथाभन्ने हो’, उनले भनिन् ।

फिनालेमा डिजाइनरको पहिरनलाई महेक श्रेष्ठ, स्मृति श्रेष्ठ, पूर्णिका सिजापति, सारा राई, टिका घिमिरे, उपासना तिमिल्सिना, स्वेता अर्याल, लसता मानन्धर, राजश्री थापा, उरुशा भण्डारी, कशीस सुब्बा लिम्बु, प्रज्ञा भण्डारी, पुजनी साह, रीजु अधिकारी, निशा श्रेष्ठ, कविता शर्मा, मोना केसी., सन्ध्या राना मगर, रेनुशा बस्नेत, विन्दा माझी, मोडलहरूले र्याम्पमा प्रस्तुत गरेका थिए ।

वर्तमान र पूर्वमिस नेपालहरूले पनि आकर्षक पहिरनलाई र्याम्पमा प्रस्तुत गरेका थिए । जसमध्ये मिस नेपाल वल्र्ड आस्थाकुमारी के.सी. २०२४, मिस नेपाल अर्थ सुस्मा केसी २०२४, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ सुमना के.सी., मिस नेपाल इन्टरनेशनल २०२३ रैना मजगैया, मिस नेपाल अर्थ २०२३ प्रसिद्धि साह, मिस नेपाल इन्टरनेशनल २०२२ नान्सी खड्का, मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानीजोशी, मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२० रोजिना श्रेष्ठ, मिस नेपाल २०१५ इभाना मानन्धर थिए ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा, फेसन डिजाइनर मनिष राई, मेकअप आर्टिस्ट लेमी तामाङ, मित्रराष्ट्र भारतबाट आएका सौनक अमोनकार र प्रणय जेट्लीजजको रुपमा थिए । कलालाई उद्यमशिलतासँग जोड्ने उद्देश्यसहित द हिडन ट्रेजरले यसवर्षदेखि प्रतिस्पर्धा सुरु गरेको हो ।

उक्त कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्षहरु गोपाल सुन्दर लालकक्षपति, सुवर्ण क्षेत्री, दिवाकर राजकर्णिकार, सुरेशबहादुर मल्ल र निर्देशकहरु गिरिन्द्र मान राजवंशी, रुपेश प्रधान, कान्तिमान सिंह प्रधान र प्रमोद रत्न कंसाकार उपस्थित रहेको थियो । साथै अन्य विभिन्न क्षेत्रबाट प्रतिष्ठित व्यक्तिहरुको उपस्थित रहेको थियो । सो कार्यक्रम मिस नेपालअर्थ २०२२ डा. सरिशाश्रेष्ठले संचालन गरेको थियो ।


















तस्बिर : हरि गोपाल प्रधान
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ बैशाख २०८२, बुधबार १९:४६
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
